काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रवादी शक्तिहरू विनाशर्त एकताबद्ध हुन अपिल गरेका छन् ।
अध्यक्ष थापाले विकल्प बन्ने क्षमता भएका राष्ट्रवादी, राजावादी, हिन्दुवादी शक्तिहरू विभाजित भएको भन्दै सबै शक्ति एक हुन आग्रह गरेका हुन् ।
उनले भ्रष्टाचारी,अपराधी,नौटंकी र ठगहरुले आफूलाई विकल्पको रुपमा प्रस्तुत गर्न खोजिरहेको बताउदै सम्पूर्ण राष्ट्रवादी शक्तिहरू विनाशर्त एकताबद्ध बन्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्– जनता विकल्प खोजिरहेका छन् । विकल्प बन्ने क्षमता भएका राष्ट्रवादी,राजावादी,हिन्दुवादी शक्तिहरू विभाजित छौ । आरोप प्रत्यारोप र भिडन्तमा व्यस्त छौ ।
भ्रष्टाचारी,अपराधी,नौटंकी र ठगहरुले आफूलाई विकल्पको रुपमा प्रस्तुत गर्न खोजिरहेका छन् । सम्पूर्ण राष्ट्रवादी शक्तिहरू विनाशर्त एकताबद्ध बनौँ ।
उनले भ्रष्ट शासनबाट जनताले मुक्ति खोजेको अवस्थामा जनताको आक्रोश र असन्तुष्टिको फाइदा उठाउदै ठगहरु विकल्प दिन्छौं भन्दै अगाडी आएको बताउदै जनताको पक्षमा राप्रपा नेपालले कुनै शर्त नराख्ने बताएका छन् ।
FACEBOOK COMMENTS