काठमाडौं । सत्तारूढ नागरिक उन्मुक्ति पार्टीले आफ्ना संरक्षक रेशम चौधरीलाई गरिएको पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग गरेको छ ।
आज सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पार्टीका सांसद लालवीर चौधरीले भोलिको बैठकमा उक्त घटनाबारे जवाफ नदिए सरकार छाड्न बाध्य हुने बताएका हुन् ।
‘वैशाख १७ गते नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला सांसद रेशम चौधरीलाई अपहरण शैलीमा एकाएक डिल्लीबजार पुर्याइयो’, चौधरीले भने, ‘जुन पुर्जीका आधारमा उहाँलाई पक्राउ गरियो त्यसलाई फर्जी भनिएको छ । तर, सरकारले अहिलेसम्म जवाफ दिएको छैन । भोलिकै दिनमा प्रधानमन्त्रीजी, गृहमन्त्रीजीले जवाफ दिनुभएन भने हामी सरकार छोड्न बाध्य भएर अवरोध गर्न तयार हुन्छौँ ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS