काठमाडौं । पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेपछि सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीले आजै सरकार छाड्ने भएको छ ।
सङ्घीय सरकारमा पार्टीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री रहेका अरुणकुमार चौधरीले केहीबेरमा राजीनामा दिने भएका हुन् ।
आजै नागरिक उन्मुक्ति पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीबीच एकता घोषणा हुने कार्यक्रम थियो ।
एकता घोषणाका लागि कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रम सुरु हुनुअगावै मध्याह्न रेशमलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई कार्यक्रमस्थलबाटै पक्राउ गरेर प्रहरीले डिल्लीबजार कारागार पठाएको छ ।
यससँगै पार्टी एकता अनिश्चितकालका लागि स्थगित भएको छ ।
टीकापुर घटनामा सर्वोच्च अदालतले कारागाभित्रै राख्नु भनेर दिएको पछिल्लो आदेशअनुसार रेशमलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS