काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को विवाद चरम अवस्थामा पुगेको छ।
नाउपाले रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । अध्यक्ष श्रेष्ठले विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण देखाउदै उनलाई अध्यक्ष पदबाट हटाइएको बताइएको छ ।पोखराको लिचीबारी घुस प्रकरणमा मुछिएकी श्रेष्ठले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएपछि बहुमत केन्द्रीय सदस्य असन्तुष्ट बनेका थिए ।त्यसपछि नाउपाको रामलाल डगौराको नेतृत्वमा सुनिता चौधरी र पुण्य बुढा सदस्य रहेको अनुशासन समितिले श्रेष्ठलाई २४ घण्टा भित्र स्पष्टीकरण सोधेको थियो ।
रञ्जिताले तोकिएको समयमा स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले आयोगलाई मंगलबार नै दिएको बताएको छ ।रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएउने अनुशासन समितिको कारबाहीको निर्णय आज बसिरहेको नाउपाको राष्ट्रिय भेलाले अनुमोदन गर्ने बताइएको छ ।
FACEBOOK COMMENTS