काठमाडौँ । सप्तरी–१ बाट जनता समाजवादी पार्टीका उम्मेदवार नवलकिशोर साह (सुडी) निर्वाचित भएका छन् । जनमत पार्टीका जयकान्त राउतलाई ३ हजार ५८२ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
साहले २३ हजार ५६४ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका राउतले १९ हजार ९८२ मत मात्र ल्याए । नेपाली काँग्रेसका उम्मेदवार रामदेव साहले १४ हजार ३१२ मत ल्याए ।
FACEBOOK COMMENTS