काठमाडाैं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
संस्थाले साधारणसभा तथा लाभांश प्रयोजनको लागि चैत्र १५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
जस अनुसार अनुसार आज चैत्र १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
संस्थाको पुस २९ मा बसेकाे सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
सभामा अध्यक्षको आर्थिक वर्ष ०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
त्यस्तै सभाले विजय लघुवित्तसंग १ः१ को स्वाप रेसियोमा मर्जरमा जाने प्रस्ताव समेत पारित गर्नेछ ।
संस्थाको १४ औँ बार्षिक साधारणसभा चैत्र २८ गते होटल जुगल मिरावलचोक धुलिखेल, काभ्रेपलान्चोकमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
FACEBOOK COMMENTS