काठमाडौं । नेपाल बैंकर्स एसोसियसनले लुम्बिनी प्रदेश अन्तर्गतको आफ्नो नयाँ प्रादेशिक कमिटी गठन गरेको छ ।
वाणिज्य बैंकहरुको छाता संगठन (एनबीए)ले नेपाल बैंकका लम्बिनी प्रादेशिक कार्यालय प्रमुख अर्जुन बहादुर कंडेलको नेतृत्वमा प्रादेशिक कमिटी गठन गरेको हो ।
वाणिज्य बैंकहरुका प्रादेशिक प्रमुखको बैठकले सर्वसहमतिबाट कंडेललाई नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक कमिटिको संयोजकको रुपमा चयन गरेको जनाइएको हो ।
बैठकले प्राइम कमर्सियल बैंक लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख कुश सुदन सिंह र नबिल बैंक लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख अमित केसीलाई सहसंयोजको रुपमा चयन गरेको छ । नवगठित समितिमा एक संयोजक, दुई सह(संयोजक र १७ जना सदस्यहरु गरी २० वटै वाणिज्य बैंकका प्रदेश प्रमुखको प्रतिनिधित्व रहने छ ।
FACEBOOK COMMENTS