काठमाडौं । नेपाल बैंकर्स संघ र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आइआइएन)बीच पर्यावरणीय, सामाजिक तथा सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गर्ने सम्झौतामा भएको छ ।
सम्झौतामा संघका अध्यक्ष सुनिल के।सी। र आइआइएनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेन, वार्सिलोनाको युनिभर्सिटिज अफ पम्पन्यु फाबरा बार्सिलोना स्कुल अफ म्यानेजमेन्ट ९युपीएफ बीएसएम०को वातावरणीय, सामाजिक र सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गरिने उल्लेख छ ।
सम्झौताले नेपालको वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीको क्षमताको अभिवृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
FACEBOOK COMMENTS