काठमाडौं । एनसेलले साप्ताहिक फ्ल्याश सेल्स अफरलाई परिमार्जन गर्दै शनिबारको दिन डेटा प्याक खरिद गर्दा लोकप्रिय सामाजिक सञ्जालहरूमा २४ घण्टासम्म निःशुल्क अनलिमिटेड सुविधा सुरु गरेको छ।
यो अफर जेष्ठ ३ गतेदेखि शुरु भई जेष्ठ ३१ सम्म प्रत्येक शनिबार एनसेल एप र एनसेल पसल एपमा मात्र उपलब्ध हुनेछ। यस अवधिमा ग्राहकले विभिन्न चारवटा डेटा प्याक खरिद गर्दा कुनै अतिरिक्त शुल्क नतिरी टिकटक, फेसबुक, इन्स्टाग्राम वा यूट्युव जस्ता सामाजिक सञ्जालहरूमा अनलिमिटेडर रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ। यद्यपि, सामाजिक सञ्जालमार्फत गरिने भ्वाइस कल, भिडियो कल र लाइभ स्ट्रिमिङ भने समावेश गरिएको छैन।
फ्ल्याश सेल्स अफर अन्तर्गत उपलब्ध प्याकहरू :
डबल मजा प्याक ( १५०): ७ दिनको लागि ७ जीबी डेटा + २४ घण्टा टिकटक अनलिमिटेड
डेटा रिन्यूअल प्याक ( २९९): २८ दिनको लागि ७ जीबी डेटा + २४ घण्टा फेसबुक अनलिमिटेड
होम एन्ड अवे रिन्यूअल प्याक ( ५९९): २८ दिनको लागि ४२ जीबी डेटा + २४ घण्टा इन्स्टाग्राम अनलिमिटेड
होम एन्ड अवे रिन्यूअल प्याक ( ७९९): २८ दिनको लागि ६५ जीबी डेटा + २४ घण्टा यूट्युव अनलिमिटेड
एनसेलले यो अफरमार्फत सुलभ दरमा डिजिटल सेवा प्रदान गर्दै डिजिटल जीवनशैलीलाई थप सहज र किफायती बनाउने उद्देश्य राखेको बताएको छ। डेटा र सामाजिक सञ्जालको प्रयोग तीव्र गतिमा बढिरहेको सन्दर्भमा, यस किसिमको अफरले ग्राहकलाई थप मूल्यवर्धन गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
FACEBOOK COMMENTS