काठमाडौं । एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई ५० लाख तत्काल सहयोग, तीन भूकम्प प्रभावित जिल्लाका सबै ग्राहकलाई ४० लाख ब्यालेन्स बराबारको सेवा निःशुल्क प्रदान गर्ने भएको छ
शुक्रबार राती गएको विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरु प्रति हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै
एनसेलले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई रु ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।
साथै, ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पुर्व)मा रहेका ग्राहकहरुलाई ४० लाख ब्यालेन्स बाराबरको सेवाहरु निःशुल्क उपलब्ध गराइने जानएको छ । साथै पाइने सेवाहरुमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेका छन् । समयसीमा १५ दिनको रहने छ ।
FACEBOOK COMMENTS