काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको खरिद बिक्री प्रकरणमा आज दुई वटा समितिले छलफल बोलाएका छन् ।
प्रतिनिधि सभा अन्तर्गतका सार्वजनिक लेखा समिति र अर्थ समितिले आज बैठक बोलाएका छन् । यता शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सासदले एनसेलको सेयर खरिद बिक्रीका सम्बन्धमा विषयमा छलफल गर्न सभापतिलाई पत्र लेखेका छन्
लेखा समितिले आज २ बजेका लागि आन्तरिक बैठक बोलाएको छ । एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा प्रारम्भिक छलफलका आन्तरिक बैठक बोलाइएको उपसचिव साबित्रा शर्माको भनाइ छ । आज बोलाइएको बैठकमा समितिका सदस्यहरुले आन्तरिक छलफल गर्नेछन् ।
आजै ११ बजे अर्थ समितिले पनि एनसेलका विषयमा छलफल गर्न बैठक बोलाएको छ । मलेसियन कम्पनी आजियटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर रहेको रेनोल्ड होल्डिङ बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट युके लिमिटेडलाई ५ करोड अमेरिकी डलरमा बेच्ने निर्णय गरेको सुचना सार्वजनिक भएपछि छलफलका लागि संसदिय समिति तोकका छन् ।
लेखा समितिले एनलसेलको सेयर खरिद बिक्रीका सम्बन्धमा सरोकारवाला पक्षसँग आइतबार नै ९ बुँदे जवाफ माग गरिसकेको छ । लेखा समितिले आन्तरिक राजस्व विभागका महानिर्देशक, कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई पत्र लेख्दै ९ बुँदाको यथाशीघ्र जवाफ पठाउन भनेको हो ।
FACEBOOK COMMENTS