काठमाडौ । एनसेल आजियाटाले शेयर खरिद बिक्रीमा नेपालको कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको छ । एनसेल आजियाटाले नेपाल दूरसन्चार प्राधिकरणलाई जवाफी पत्र पठाउँदै नेपालको कानूनको पालना गर्न प्रतिबद्ध रहेको जनाएको हो ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियाटाको जवाफ प्राप्त भएको भन्दै एनसेल खरिद बिक्रीमा कम्पनीले नेपालको कानून पालन गर्न तयार रहेको उल्लेख गरेको बताए ।
अध्यक्ष खनालले यस अघि टेलियासोनेराले शेयर बिक्री गर्दा पनि प्राधिकरणबाट पछि नै स्वीकृति लिएको बताए । उनले एनसेलको शेयर खरिद बिक्रीबारे छानविन गर्न बिहीबारको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव जाने जानकारी पाएको उल्लेख गरे ।
एनसेलको शेयर खरिद बिक्री प्रकरणमा विभिन्न प्रश्न उठेपछि आज अर्थ समितिले प्राधिकरणका अध्यक्षलाई बोलाएर यसबारे छलफल गरेको हो ।
यस्तो छ एनसेल आजियाटाले पठाएको पत्र :
FACEBOOK COMMENTS