काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई हस्तान्तरण नगर्ने नियतले एनेसलको शेयर खरिद बिक्री भएको रहेको बताएका छन् ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रथम दृष्टिमा नै शेयर खरिद बिक्रीमा जालझेल भएको देखिएको बताए ।
उनले भने, ‘कर छल्ने पनि छ, स्वामित्व हस्तान्तरण नगर्ने नियत पनि देखिन्छ ।’
पारदर्शी र स्वभाविक नभएकै करण आफूले विदेशबाट आउँदा आउँदै छानबिन गर्न निर्देशन दिएको उनले बताए । सरकारले एनसेलको बिक्री छानबिन गर्न पूर्वमहालेखा नियन्त्रक टंकमणि शर्माको अध्यक्षतामा समिति गठन गरेको छ ।
FACEBOOK COMMENTS