काठमाडौं । एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो)सँग साझेदारीको घोषणा गरेको छ।
यसको मुख्य उद्देश्य नेपालभ्रमणमा आएका अन्तर्राष्ट्रिय पर्यटकहरूको दूरसञ्चार सेवामापहुँच सहज र सरल बनाउनु रहेको छ ।
बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबिचएनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता रनाटोका अध्यक्ष विश्वेश श्रेष्ठले यस सहकार्यका सम्बन्धमा एकसमझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
यो सहकार्यले विभिन्न देशबाट नेपाल भ्रमणमा आएकापर्यटकहरूलाई आफ्नो यात्राभर आ–आफ्नो देशमा रहेका परिवार सदस्य र साथीभाइलगायत सबैसँग सम्पर्कमा रहनसहज बनाउने लक्ष्य राखेको छ।


नेपालका विभिन्न भागमा यात्रागर्दा सञ्चारको महत्वपूर्ण आवश्यकतालाई यसले सम्बोधन गर्छ।साझेदारीअन्तर्गत एनसेलले पर्यटकहरूलाई भरपर्दो मोबाइल
कनेक्टिभिटी उपलब्ध गराउनेछ भने नाटोले देशभर फैलिएकोआफ्ना ट्राभल अपरेटरहरूको सञ्जालमार्फत पर्यटकहरूमाझएनसेलका सेवा सुविधाका बारेमा जानकारी र सूचना उपलब्धगराउने छ।

कार्यक्रमलाई सम्बोधन गर्दै दत्ताले भने, “देशभर फैलिएकोएनसेलको व्यापक नेटवर्क र पर्यटन क्षेत्रमा नाटोकोविविधतायुक्त पहुँचलाई उपयोग गर्दै यो साझेदारीले नेपालआउने पर्यटकहरूको यात्रा अनुभव अविश्मरणीय बनाउनेविश्वास लिएका छौं ।
यति मात्र होइन, यो साझेदारीले ‘नेपालकलिङ’ अभियानलाई प्रवद्र्धन गर्न र नेपाललाई प्रमुखपर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न पनि महत्त्वपूर्णभूमिका खेल्नेछ।”“पर्यटनको मर्म भनेकै एक अर्कासँग जोडिनु हो।
मानिसहरूलाईमानिसहरूसँग जोड्नु, संस्कृति अनि अनुभवहरूलाई जोड्नु हो।नेपाल आउने हरेक यात्रुलाई आफ्नो यात्राभर सबैसँग सम्पर्कमारहिरहन मद्दत गर्ने एनसेलसँगको यो अर्थपूर्ण सहकार्यले हामीउत्साहित छौँ,” नाटोका अध्यक्ष श्रेष्ठले भने।
दूरसञ्चार सेवामात्र नभएर, एनसेलले आफ्नो व्यावसायिकसामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनसेलफाउन्डेसनमार्फत नाटोलाई प्रमुख राजमार्गहरूमा आधुनिकवाश (सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता) पूर्वाधारस्थापना गर्न सहयोग गर्नेछ। यसको सुरुवात धादिङ जिल्लाकोगजुरीबाट पाइलट परियोजनाका रूपमा हुनेछ।
यस पहलले यी मार्गहरूमा यात्रा गर्ने पर्यटक र स्थानीयसमुदायलगायत सबैको सुविधाको बढ्दो आवश्यकतालाईसम्बोधन गर्दछ र साथै दुवै संस्थाको नेपालमा दिगो तथाजिम्मेवार पर्यटन विकासप्रति साझा प्रतिबद्धता रहेको देखाउँछ।