काठमाडौं । ‘सुरक्षित इन्टरनेट दिवस २०२६’ को अवसर पारेर एनसेल फाउन्डेसन र नासा सेक्युरिटिजले संयुक्त रूपमा देशभर ‘सेफर इन्टरनेट टुगेदर’ (क्क्ष्त्) नामक सामाजिक पहल सुरु गर्ने घोषणा गरेका छन्।
यो अभियानले देशभरका विद्यालयहरूमा पुगेर ५०,००० भन्दा बढी विद्यार्थी, शिक्षक र समुदायका सदस्यहरूलाई साइबर सुरक्षा, डाटा गोपनीयता र डिजिटल सुरक्षाका अन्य पक्षहरूबारे सचेतना र ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ।
यो परियोजना प्रारम्भिक चरणमा बागमती, गण्डकी र मधेस प्रदेशका सरकारी, सामुदायिक तथा निजी विद्यालयहरूमा सञ्चालन गरिनेछ, जहाँ कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी सचेतना सत्रहरू आयोजना गरिनेछ।

कार्यक्रमको एक हिस्साका रूपमा इन्टरनेट सुरक्षासम्बन्धी विशेष रूपमा तयार पारिएको हातेपुस्तिका (ह्यान्डबुक) पनि सहभागी विद्यार्थीहरूलाई वितरण गरिनेछ। यी तीन प्रदेशमा सफल कार्यान्वयन भएपछि आगामी आर्थिक वर्षमा यसलाई अन्य प्रदेशहरूमा पनि विस्तार गर्ने योजना रहेको छ।

पोखराको श्री राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित एक सत्रका बीच यस पहलको औपचारिक सुरुवात गरिएको हो। कार्यक्रममा बोल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले आजको डिजिटल युगमा प्रविधि जीवनको अभिन्न हिस्सा बनेकाले यससँग सम्बन्धित जोखिमहरू बुझ्नु अनिवार्य भएको बताए।



उनले एसआईटी कार्यक्रमले नयाँ पुस्तालाई सुरक्षित र जिम्मेवार रूपमा डिजिटल अवसरहरूको उपयोग गर्न आवश्यक मार्गदर्शन र उपकरणहरू प्रदान गर्ने विश्वास व्यक्त गरे।

यस वर्षको सुरक्षित इन्टरनेट दिवस ‘स्मार्ट टेक, सेफ च्वाइसेस: आर्टिफिसियल इन्टेलिजेन्स को सुरक्षित र जिम्मेवार प्रयोग’ भन्ने नाराका साथ विश्वभर मनाइँदैछ।
एनसेल फाउन्डेसन र नासा सेक्युरिटिजको यो सहकार्यले नेपालमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण गर्न र उदाउँदो डिजिटल जोखिमहरूलाई सम्बोधन गर्न महत्वपूर्ण योगदान पुरÞ्याउने अपेक्षा गरिएको छ।
FACEBOOK COMMENTS