काठमाडौं । एनसेल बिजनेसले डिजिटल प्रिभिलेज कार्ड प्लेटफर्म दामी एक्सपिरियन्ससँगको साझेदारीमा ४०० भन्दा बढी आउटलेटहरूमा प्राप्त गर्न सकिने विशेष अफर सार्वजनिक गरेको छ ।
मंगलबार एक सम्झौतापत्रमा दुई कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेसँगै यो अफर औपचारिक रूपमा सुरु भएको हो । सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोले र दामी एक्सपिरियन्सका प्रमुख कार्यकारी अधिकृत विजेन्द्र कुँवरले हस्ताक्षर गरेका छन् ।
यस साझेदारीअन्तर्गत प्रोफेसनल वा प्रिमियम एनसेल सिग्नेचर योजनामा आबद्ध ग्राहकहरूले विभिन्न रेस्टुरेन्ट, स्पा, व्यायामशाला र मनोरञ्जन गतिविधिहरूमा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यो अफर व्यावसायिक नेटवर्किङ अनि स्वस्थ जीवनशैली निर्वाहमा सहयोग गर्ने गरी तयार पारिएको छ ।
“यो साझेदारीले नेतृत्वदायी भूमिकामा रहेका हाम्रा ग्राहकहरू लक्षित सिग्नेचर प्लानहरूलाई अझ बढी विशेष बनाएको छ,” एनसेलका प्रमुख कार्यकारी अधिकृत फोलेले भने ।
दामी एक्सपिरियन्सले एनसेल सिग्नेचर प्लान प्रयोगकर्ताहरूलाई विशेष छुटहरू प्राप्त गर्न र उपभोग गर्न सहयोग गर्छ जसले उनीहरूलाई कम खर्चमा बढी लाभ प्राप्त गर्न मद्दत गर्छ । यस साझेदारीअन्तर्गत प्रयोगकर्ताहरूले हेयर एन्ड शान्तिमा कपाल काट्दा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

त्यस्तै दुसित प्रिन्सेस होटलमा २० प्रतिशत अनि विभिन्न व्यायामशालाहरूमा ४० प्रतिशतसम्म सम्म छुटलगायतका धेरै रोमाञ्चक अफरहरू एनसेलका सिग्नेचर प्लान प्रयोगकर्ताहरूले प्राप्त गर्न सक्नेछन् ।

कुनै झन्झटबिना, एनसेल सिग्नेचर प्लान प्रयोगकर्ताहरूले एनसेल एपमा रहेको दामी एक्सपिरियन्समा ट्याप गरेर यी अफरहरूको फाइदा लिन सक्नेछन् । सरल प्रक्रिया पूरा गरेर एनसेल एपभित्रै रहेको डिजिटल भीआईपी कार्ड सक्रिय बनाएपछि ग्राहकहरूले त्यहाँ सूचिकृत विभिन्न पार्टनर ब्रान्डहरूबाट विविध लाभ लिन सक्नेछन् । कुन–कुन ब्रान्ड यो योजनामा सामेल छन् र के कस्ता अफरहरू प्राप्त गर्न सकिन्छ भन्ने कुरा ग्राहकहरूले एनसेल एपमा रहेको दामी एक्सपिरियन्समा गएर आफैँ हेर्न सक्नेछन् ।

“प्रिमियम ब्रान्डहरूमा विशेष छुट प्राप्त गर्न सकिने यी विशेष अफरहरूलाई एनसेल सिग्नेचर प्लान प्रयोगकर्ताहरूसमक्ष पुर्याउन पाउँदा हामी अत्यन्तै हर्षित छौँ । म विश्वस्त छु कि यी अनुभवहरूले हाम्रा ग्राहकहरूको व्यावसायिक जीवनशैलीलाई थप परिष्कृत बनाउन मद्दत गर्नेछ,” दामी एक्सपिरियन्सका प्रमुख कार्यकारी अधिकृत विजेन्द्र कुँवरले भने ।

मोबिलिटी सेग्मेन्टअन्तर्गत एनसेलको एनसेल बिजनेसले प्रोफेसनल र प्रिमियम एनसेल सिग्नेचर प्लानहरू उपलब्ध गराउँदै आएको छ । यो योजना निरन्तर सम्पर्कमा बसिरहनुपर्ने कर्पोरेट अधिकृत, नेतृत्वदायी भूमिका रहेका व्यवसायीप्रति लक्षित गरिएको छ जसले सधैँ उत्कृष्ट सेवाहरूको अपेक्षा गर्दछन् । यी योजनामा भ्वाइस, डेटा, एसएमएस र अन्तर्राष्ट्रिय रोमिङ (भोइस र डेटा) सेवाहरू उपलब्ध छन् जसले नेपालभित्र र बाहिर निर्वाध सञ्चार सुविधा सुनिश्चित गर्छ ।

२५० जीबीसम्मको उच्च गतिको डेटा, असिमित मासिक कल र एसएमएस तथा विभिन्न प्रमुख देशहरूमा अन्तर्राष्ट्रिय रोमिङ सेवाका लाभहरूका साथ एनसेल सिग्नेचर प्लानले निर्वाध कनेक्टिभिटी सुनिश्चित गर्दछ ।
व्यक्तिगत आवश्यकताका आधारमा ग्राहकहरूले प्रोफेसनल एनसेल सिग्नेचर प्लान वार्षिक १७ हजार ९९९ मा वा प्रिमियम एनसेल सिग्नेचर प्लान वार्षिक २१ हजार ९९९ मा प्राप्त गर्न सक्छन् । छनोट गरिएको योजनाअनुसार प्रयोगकर्ताहरूले भारत, चीन, अमेरिका, बेलायत, सिंगापुर, कतार, मलेसिया, थाइल्यान्ड र संयुक्त अरब एमिरेट्स जस्ता प्रमुख गन्तव्यहरूमा मासिक ६० मिनेटसम्म अन्तर्राष्ट्रिय रोमिङ भ्वाइस र १० जीबी रोमिङ डेटा प्राप्त गर्छन् ।
FACEBOOK COMMENTS