काठमाडौं । आईफोन प्रयोग गर्ने एनसेलका ग्राहकहरूले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्नेछन्।
एन्ड्रोइड प्लेटफर्ममा आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ सञ्चालन गरेपश्चात् एनसेलले अब आईओएस प्लेटफर्ममा पनि यो सेवा ल्याएको छ।
दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो जसले एचडी र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ। भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिनेछ।
ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सनेछन्।
एनसेल भोल्टे सेवा लिने आईफोन प्रयोगकर्ताले २८ दिनको लागि मान्य रहने १०० मिनेट अन–नेट भोल्टे टक टाइम पाउनेछन्।
आईफोन आठ र त्यसपछिका आईफोन सिरिज प्रयोग गरिरहेका एनसेलका ग्राहकहरूले भोल्टे सेवा लिन र १०० मिनेट बोनस टक टाइमका लागि योग्य हुनेछन्। यसरी योग्य भएका ग्राहकले *१७२०१# डायल गरि भोल्टे सेवा लिन र यसमा पाइने बोनस प्राप्त गर्न सक्छन्।
भोल्टेका साथै एनसेलले आफ्नो नेटवर्कमा आईफोन प्रयोग गर्ने ग्राहकहरूका लागि एउटा अर्को पनि योजना ल्याएको छ। यसअन्तर्गत आफ्नो भौतिक सिमलाई ई-सिममा अपग्रेड गर्ने ग्राहकले सात दिन मान्य रहने २ जीबी बोनस डेटा पाउँछन्।
बोनस डेटा नेपालमा नै अवस्थित आईफोनको आधिकारिक विक्रेतामार्फत् आईफोन खरिद गरेका ग्राहकहरूका लागि लागू हुने कम्पनीको भनाइ छ।
आईफोन प्रयोगकर्ताले १७१२५ डायल गरी आफ्नो सिमलाई ई-सिममा अपग्रेड गर्न सक्छन्। यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, ईमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनुपर्छ।
ई-सिम सक्रिय गर्नुभन्दा पहिला ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्दछन्। यो एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै शुल्क लाग्ने छैन। अन्य ग्राहकले आफ्नो नजिकैको एनसेलबाट नयाँ ई-सिम निःशुल्क लिन सक्छन्।
एनसेलको फोरजी नेटवर्क उपलब्ध रहेका नेपालभरका सबै एनसेल ग्राहकले भोल्टे सेवाको फाइदा लिन सक्छन्। ग्राहकले यो सेवाबाट लाभ लिन आफ्नो भोल्टे चलाउन योग्य मोबाइल सेटमा फोरजी सेटिङ अन गर्नुपर्ने हुन्छ र फोरजी नेटवर्कमा रहेको हुनुपर्ने एनसेलले जनाएको छ।
FACEBOOK COMMENTS