काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले कर, राजस्य तथा भन्सार समिति गठन गरेको छ ।
संघका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले राजेन्द्र सङ्ग्रौलाको सभापतित्वमा सो समिति गठन गरेको हो ।
समितिको सदस्यहरूमा संघका कार्य समिति सदस्यहरू नरेन्द्र कुमार गुप्ता, नरेश कुमार अग्रवाल, कुमार खरेल, सहदेव वञ्जारा, गणेश कार्की र नवराज दाहाल छन् ।

यस्तै, अन्य सदस्यहरूमा राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोज कुमार श्रेष्ठ, मार्ट सञ्चालक संघका अध्यक्ष रञ्जित लामिछाने, जुत्ताचप्पल आयात एसोसिएसनका अध्यक्ष थानेश्वर ज्ञवाली, रञ्जना व्यापार संघका सदस्य महेश पौडेल, फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपाल (एफएमएएन)का महासचिव ज्ञानेन्द्र प्रसाद दाहाल, सिभिल मल व्यापार संघका महासचिव रमेश श्रेष्ठ, खिचापोखरी न्यूरोड व्यापार संघका पूर्वध्यक्ष गणेश कुरमा न्यौपाने र टण्डन कस्टम सर्भिसका गणेश टण्डन छन् ।

संघका महासचिव दुर्गाराज श्रेष्ठले सञ्चालन गरेको बैठकमा उपाध्यक्ष जय प्रसाद सिवाकोटी, उपाध्यक्ष राजेन्द्र शेरचन र रमनाथ श्रेष्ठलगात उपस्थिति थिए ।
