काठमाडाैँ । दुईदिनदेखि लगातार परेको अविरल वर्षाको व्यवसायमा क्षति पुगेकोमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले ध्यानाकर्षण गराएको छ । संघले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । चाडको पूर्वसन्ध्यामा आएको अविरल वर्षाका कारण व्यवसायमा चौतफी असर परेको र सम्बन्धीत व्यवसायीले आफ्नो प्रतिनिधिमूलक संस्थामा जानकारी राख्न आग्रह गरेको हो ।
उपत्यकाका सबै जसो तल्लोभाग र काठमाडौँको दक्षिण भेगमा रिङ्गरोड पारी सबै जसो व्यापारीहरुको गोदाम घर हुनु र चाडका लागी आयातित वस्तुहरुमा थुप्रै क्षति पुगेका छन् । साथै साना साना व्यापारी र तरकारी बजारमा समेत क्षति पुगेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘उक्त संकटमा परेका नागरिक तथा व्यवसायीहरूको सहयोगार्थ सरकार, बैंक ,बिमा साथै सम्पर्ण निकायबाट उचित अनुदान ,सहयोग र राहत साथै अन्य आवश्यक सहायताहरू शीघ्रतासाथ उपलब्ध गराइयोस् भनी आग्रह गर्दछौ ।’
FACEBOOK COMMENTS