काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठक जारी छ ।
बैठक केही समयअगाडि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन् ।
नेकपमा नेतृत्व परिवर्तनको विषय जोडतोडका साथ उठिरहेका बेला बैठक बसेको हो ।
चुनावी हारपछि पार्टी नेतृत्वबाट प्रचण्ड, सहसंयोजक माधव नेपालसहित सबै शीर्ष नेताहरूलाई नेतृत्व छाड्न दबाब छ।

तर प्रचण्डसहित शीर्ष नेताहरूले पार्टी शुद्धीकरण गरेर मात्रै महाधिवेशनमा जाने बताउँदै आइरहेको छ।
