काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।
कांग्रेस र एमालेसँग चुनावी तालमेल नमिलेपछि एक्लै लड्न लागेको नेकपाले उम्मेदवार छानेको हो ।
नेकपाले कोशीबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपानेलाई चयन गरेको छ । मधेशबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल, बागमतीबाट प्रेमप्रसाद सापकोटा र सरोज कुमारी झालाई उम्मेदवार बनाएको छ।
गण्डकीबाट कपिल लामा, लुम्बिनीबाट दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन विक, कर्णालीबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतारा, सुदूरपश्चिमबाट टीकाराम जैशी र रोजी बस्नेत सुनारलाई उम्मेदवार बनाएको छ । गण्डकीबाट एक जनाको नाम टुंग्याउन बाँकी छ ।
FACEBOOK COMMENTS