काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वर क्षेत्रमा लगाएको कर्फ्यु प्रभावहीन बनेको छ ।
कर्फ्यु लगाएर सेना परिचलान भइसक्दा पनि प्रदर्शनकारी (जेनजी)ले बानेश्वर क्षेत्र छोडेका छैनन् । उनीहरूले संसद भवनमा तोडफोड र आगजनीको प्रयास अझै पनि जारी राखेको देख्न सकिन्छ ।
प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त बन्दै गएको छ ।
प्रहरीले संसद् परिसर भित्रबाट बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टासमेत प्रहार गरिरहेको छ ।
FACEBOOK COMMENTS