काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने ४४ उद्योगको लाइन काटेको छ ।
तोकिएको समयमा महसुल नबुझाएको भन्दै प्राधिकरणले लाइन काटेको जनाएको छ ।
प्राधिकरणले यसअघि ९० दिनको समय दिएर महसुल बुझाउन भनेको थियो । त्यो समय आज सकिएको हो ।
आजै प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो । बैठकमा ऊर्जामन्त्री दीपक खड्काले लाइन काट्न बताएका थिए ।
FACEBOOK COMMENTS