काठमाडौं । सडक बत्तीको बक्यौता महसुल बुझाउन नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहहरूलाई किस्ताबन्दीको सुविधा दिएको छ ।
सडक बत्ती जडान गरी विद्युत् उपभोग गरेका स्थानीय तहहरूले तिर्नुपर्ने थप दस्तुर सहितको बक्यौता विद्युत् महसुल बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने भएका छन् । त्यसका लागि आवेदन दिनुपर्ने छ ।
स्थानीय तहहरूले ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी किस्ताबन्दीका लागि आवेदन दिनु पर्ने छ ।
FACEBOOK COMMENTS