काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल नतिर्ने उद्योगलाई सर्वसाधारणलाई शेयर बिक्रीको ईजाजतमा रोक लगाउन प्राधिकरणले धितोपत्र बोर्डलाई आग्रह गरेको छ ।
विद्युत् प्राधिकरणले विद्युत् महसुल नतिर्ने उद्योगको सर्वसाधारणलाई शेयर बिक्रीको ईजाजतमा रोक लगाउन सेबोनलाई पत्राचार गरेको हो । आज बुधबार प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी महसुलको सेयर बिक्रीमा रोक लगाउन पत्राचार गरेका हुन् ।
यस्तो छ पत्रः
नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८१-०७-२५ को निर्णय एवम् विद्युत नियमन आयोगको च.न. २९३ मिति २०८१-०८-११ गतेको डेडिकेटेड फिडर र ट्रङ्कलाईनको विद्युत महसुल सम्बन्धमा प्राप्त पत्रको बुँदा नं.३ मा उल्लेख भएको नेपाल विद्युत प्राधिकरणले बक्यौता असुलीको लागि उद्योगको विद्युत बिच्छेदको कारवाही बाहेक अन्य कारवाही गरी बक्यौता असुलउपर गर्न निर्देशन भए अनुसार प्रस्तुत पत्र लेखे कार्य भएको छ ।
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवम् ट्रङ्कलाईनबाट विद्युत उपभोग गरेका ग्राहकहरु मध्ये विद्युत महसुल बक्यौता भएका कम्पनी एवम् निकायहरुलाई पटक पटक विभिन्न समयावधि दिईएकोमा सो बक्यौता रकम भुक्तानी नगरेको कारण हालसम्म महसुल असुलउपर हुन नसकेको बक्यौता सम्वन्धी विवरण यसै साथ संलग्न छ।
उक्त कम्पनीरनिकायहरुले सर्वसाधरणमा शेयर जारी गर्ने ईजाजतको लागि तहाँ निवेदन दिई कारवाही अगाडि बढाएमा विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ३२क बमोजिम सरकारी बाँकी सरह असुल गर्नुपर्ने रकमलाई दायित्वमा लेखांकन नगरेका निकाय वा कम्पनीमा सर्वसाधारणलाई शेयर बिक्रीको ईजाजतमा रोक लगाई प्राधिकरणको रकम असुली गर्न र सर्वसाधारणको लगानी जोखिममा पर्न सक्ने अवस्थाको संरक्षण गर्ने कार्यमा आवश्यक सहयोग गरिदिन हुन अनुरोध छ।
FACEBOOK COMMENTS