काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता उठाउने निर्णय गरेको छ ।
आज बसेको बोर्ड सञ्चालक समितिको बैठकले बाँकी बक्यौता उठाउने निर्णय गरेको हो । प्राधिकरणले उद्योगीबाट बक्यौता उद्योगिलाई समय दिएर उठाउने निर्णय गरेको छ ।
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता करिब सवा ८ अर्ब रुपैयाँ छ ।
उद्योगीहरुलाई बक्यौता तिर्नका लागि ३ साताको समय दिएर सूचना जारी गर्ने निर्णय भएको छ । सूचना प्रकाशित गरेपछि बक्यौता तिर्न समय दिनेछ । यता घिसिङ मन्त्री भएर पदबहाली गरेको दिन भदौ ३० गते पहिलो निर्णय गर्दै बक्यौता रकम उठाउन प्राधिकरणलाई निर्देशन दिएका थिए ।
FACEBOOK COMMENTS