काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले पदबाट राजीनामा नदिने बताएका छन् ।
जेन्जी आन्दोलनपछि बनेको सरकारले प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्र देव शाक्यलाई राजीनामा दिएर बाटो खुला गरिदिन आग्रह भएको समाचार आइरहेको बेला उनले राजीनामा नदिने स्पष्ट पारेका हुन् ।
आज आइतबार ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री कुलमान घिसिङ तथा मन्त्रालयका सचिव र सहसचिवलाई प्राधिकरणबारे जानकारी गराएर फर्किएका उनले राजीनामाको मुडमा आफू नरहेको बताएका हुन् ।
मन्त्री र सचिवसँगको भेटमा कसैले पनि आफूलाई राजीनामा दिन नभनेको तथा राजीनामाको कुनै आवश्यकता नै नरहेको उनले बताएका छन् ।
उनी आफैंले राजीना नदिएर मन्त्रिपरिषदको निर्णय कुर्ने सङ्केत शाक्यले गरेका छन् ।
यो पनि पढ्नुहोस्–
विद्युत् प्राधिकरणमा हितेन्द्रदेवलाई हटाएर मनोज सिलवाललाई नियुक्त गर्ने तयारी
FACEBOOK COMMENTS