काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लाइन काटेका ६ वटा उद्योगमा पुनः आपूर्ति सह जगर्ने निर्णय गरेको छ ।
आज सोमबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन काटिएका ६ वटै उद्योगमा विद्युत् आपूर्ति सुचारु गर्ने निर्णय गरेको हो ।
तर, आगामी तीन महिनाभित्र भने अनिवार्य रूपमा बक्यौदा तिर्नुपर्ने शर्त पनि प्राधिकरणले अघि सारेको बताइएको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन काटिएका उद्योगहरूमा तत्काल आपूर्ति सुचारु गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीले दिएको उक्त निर्देशनको संसदमा समेत आलोचना भएको थियो । तर, उद्योग बन्द गरेर समस्या समाधान नहुने तर्क गरेका प्रधानमन्त्री ओलीसँग प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने गलेका छन् ।
डेडिकेटेड र ट्रंक लाइनको सुविधा प्रयोग गरी महसुल नबुझाएको भन्दै प्राधिकरणले गत असार २५ गतेदेखि २७ गतेको अवधिमा पटक–पटक गरी ६ वटा उद्योग हुलास स्टील, जगदम्बा स्टील, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक र रिलायन्स स्पिनिङ मिल्सको विद्युत् आपूर्ति रोकेको थियो ।
उद्योगमा लाइन काटेर डेडिकेटेड र ट्रङ्क लाइन विवाद समाधान हुँदैन : प्रधानमन्त्री ओली
FACEBOOK COMMENTS