काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी कात्तिक २ गतेसम्म विद्युत् महसुलको बक्यौता नतिरे उद्योगहरूमा बिजुली काट्ने चेतावनी दिएको छ ।
ट्रंकलाइन र डेडिकेटेड फिडर प्रयोग गरी लामो समयदेखि बक्यौता नतिर्ने उद्योगको लाइन कात्तिक २ गते राति १२ बजेपछि काट्ने तयारी भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
तोकिएको समयभित्र बक्यौता नबुझाए सबै उद्योगको विद्युत् लाइन काट्न विद्युत् प्राधिकरणले मातहतका कार्यालयहरूलाई निर्देशनसमेत दिइसकेको छ । प्राधिकरण सञ्चालक समितिले जसरी भए पनि बक्यौता रकम उठाउने निर्णय गरिसकेको र सोही अनुसार लाइन काट्ने सूचना जारी गरिएको बताइएको छ ।
विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक रहेका कुलमान घिसिङ ऊर्जामन्त्री नियुक्त भएसँगै बक्यौता उठाउने कामले तीव्रता पाएको हो । बक्यौता उठाउनका लागि मन्त्री घिसिङले मन्त्रीस्तरीय निर्णय समेत गरिसकेका छन् । आफ्नो निर्णय कार्यान्वयन गराउन उनले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सरुवा गरी आफू अनुकुलका मनोज सिलवाललाई नियुक्ति दिलाएका छन् ।
यसअघि विभिन्न राजनीतिक स्वार्थका कारण बक्यौता उठाउन कठिन भएको चर्चा हुने गरेको थियो । जसका कारण यो बक्यौदाको विवाद लामा समयदेखि चल्दै आएको छ । डेडिकेटेड र ट्रंक लाइनको सुविधा उपभोग गरेको प्रमाणस्वरुप प्राधिकरणले बिल पेस गरेको खण्डमा तत्काल महसुल तिर्ने उद्योगीहरूले बताउँदै आएका छन् । उद्योगीले भनेजसरी प्राधिकरणले प्रमाण पेस गर्न नसकेकै कारण यो विवाद लम्बिदै गएको हो ।
या पनि पढ्नुहोस्–
बक्यौदा महसुल उठाउने कुलमान घिसिङको पहिलो निर्णय, यी हुन् बुझाउन बाँकी ५७ उद्योग (सूची)
FACEBOOK COMMENTS