काठमाडौं । निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्सले अप्रत्याशित र आपतकालीन खर्चको जोखिम बहन गर्नेगरी बिलकुल पृथक बीमा योजना ल्याएको छ ।
आफ्ना ग्राहकको सुविधालाई दृष्टिगत गरी कम्पनीले ‘ट्राभल मेडिकल इन्स्योरेन्स प्लान’अन्तर्गत यो नयाँ योजना ल्याएको हो ।
नयाँ योजनाले वैदेशिक यात्रामा रहँदा र स्वदेश फर्किसकेपछि पनि स्वास्थ्य उपचार र दुर्घटना बीमाको सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ । यो योजना नेको इन्स्योरेन्सबाट जारी हुने ‘ट्राभल मेडिकल इन्स्योरेन्स’ योजनामा मात्र उपलब्ध रहेको कम्पनीको भनाइ छ ।
यो योजनाबापत थप सुविधा लिँदा कुनै पनि थप शुल्क नलाग्ने पनि कम्पनीले स्पष्ट गरेको छ ।
के हो यात्रा बीमा ?
विषेशगरी विदेश यात्रा गर्दा कहिलेकाँही बिरामी हुने, बाटोमा सामान हराउने, चोरी हुने, पासपोर्ट हराउनेलगायतका समस्या पर्न सक्छन् । जसले यात्रालाई निराशामा परिणत गर्न पनि सक्दछ । त्यसकारण यात्रा गर्नुअघि ‘यात्रा बीमा’ गरियो भने ती सबै समस्याबाट मुक्ति मिल्छ । यात्रा अवधिमा बिरामी भएमा विदेशी भूमीमा बिरामी हुँदा उपचार खर्च महङ्गो हुन्छ । त्यसबेला थेग्न नसकिएको आर्थिक भार यस्तो बीमाले वहन गर्छ । त्यसैगरी सामान हराउँदा पनि समस्या पर्न सक्छ । त्यस्तो समयमा यो बीमाले रिकभर गर्छ ।
यस्तै, प्राकृतिक तथा आतंकवादी गतिविधिले यात्रा स्थगित भएमा वा यात्राको अवधि लम्बिदा थपिने आर्थिक भार पनि यात्रा बीमाले तिर्न मद्दत गर्छ । कतिपय मुलुकमा यात्रा बीमा विना सो देश प्रवेश गर्नै पाइँदैन । तर, केही देशहरूमा भने यसलाई अनिवार्य गरिएको छैन । तर, तपाईले अनिवार्य नभएको मुलुकमा जाँदा पनि बीमा गर्नुभयो भने यात्रामा आउने विभिन्न खालका समस्या सहजै समाधान हुनेछन् ।
नेकोले ल्याएको योजनामा के के छन् सुविधा ?
FACEBOOK COMMENTS