काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले माघ १२ गतेका लागि वार्षिक साधारणभा बोलाएको छ ।
कम्पनीले गत आर्थिकको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ ।
सभामा गत आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
सभाले संस्थापक समूहबाट १ जना महिलासहित २ जना र सर्वसाधारण समूहबाट ३ जना गरी कुल ५ जना सञ्चालक निर्वाचन गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ २ गते बुक क्लोज गर्ने भएको छ । पुस २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन्
FACEBOOK COMMENTS