काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुङ्गानाले आफ्नो घरको बीमा गराएकी छिन् ।
गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा सार्वजनिक पद धारण गरेका थुप्रै नेता र सरकारी अधिकारीहरूको घर जलेपछि उनले बल्ल बीमा गराएकी हुन् ।
स्रोतका अनुसार उनले घरको ९० लाख र घरभित्रको सामानको १० लाख गरी कुल एक रोड रुपैयाँ बराबरको बीमा गराएकी छिन् । उक्त बीमाबापत उनले वार्षिक सात हजार रुपैयाँ प्रिमियम बुझाउनुपर्ने बताइएको छ ।
उनले घरको बीमा गराएको विषय सार्वजनिक भने गरेकी छैनन् ।
FACEBOOK COMMENTS