काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो आजसम्म मात्रै हुने छ । आज अन्तिम दिन हो । यसअघि आइतबारसम्म मात्रै चल्ने भनिए पछि एक दिन समय थपिएको थियो ।
एक्सपोमा महंगादेखि सस्तो मूल्य सम्मका कार उपलब्ध रहेका छन् । यदि, तपाईको बजेट कम छ र आफ्नो लागि एउटा उपयुक्त कारको खोजीमा हुनुहुन्छ भने तपाईले एक चोटी नाइमा मोबिलिटी एक्स्पो घुम्न पर्ने हुन्छ । नाइमा मोबिलिटी एक्स्पोमा हेनरी, एमजी, बीवाइडी, लीपमोटर र केई ब्राण्डसँग मात्रै ३० लाखभन्दा कम मूल्यको कार उपलब्ध छन् ।
हेनरी भोल्ट एक्स्पोको सबैभन्दा कम मूल्यको कार हो । यसको मूल्य २० लाखभन्दा पनि कम छ । एमजी कोमेट ईभी पनि २० लाख हाराहारी मूल्यबाट नै खरिद गर्न सकिन्छ ।
त्यसैगरी, केई इक्यूट ०२ र ०४ पनि अटो एक्स्पोमा छ । यसको मूल्य पनि २० लाखदेखि नै सुरु हुन्छ । लीपमोटरको टी–०३ पनि अटो एक्स्पोमा राखिएको ३० लाखभन्दा कम मूल्यको कार हो । यसलाई कम्पनीले मोविलिटी एक्स्पो अफरभन्दै २७ लाख ९९ हजारमै उपलब्ध गराएको छ ।
बीवाइडीले यही एक्स्पोबाट बिक्री सुरु गरेको एटो–वान ह्याचव्याकको डाइनामिक भेरियन्ट पनि २८ लाख ९५ हजारमै खरिद गर्न सकिन्छ । अटो एक्स्पोमा एटो–वान हेर्नेको राम्रै भिडभाड देख्न पाइन्छ । अझ तपाइलाई फाईदा त बिना ब्याजको स्कीमहरुले पनि दिन सक्छ ।
FACEBOOK COMMENTS