काठमाडौं । यही साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ का लागि डिजिटल वालेट सेवा प्रदायक ‘खल्ती बाइ आइएमई’ टिकेटिङ पार्टनर बनेको छ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा हुने उक्त एक्स्पोको टिकट अब खल्ती एपमार्फत बुक गर्न सकिने भएको छ।
टिकेटिङ साझेदारीसम्बन्धी सम्झौतापत्रमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का र नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले हस्ताक्षर गरेका हुन्।
नाइमाका अनुसार, एक्स्पोमा प्रवेशका लागि साधारण दर्शकले दुई सय रुपैयाँ तिर्नुपर्नेछ भने विद्यार्थीका लागि टिकट शुल्क एक सय रुपैयाँ कायम गरिएको छ।
एक्स्पोमा अटोमोबाइल क्षेत्रमा भएका नवीनतम प्रविधिहरू, विद्युतीय सवारी साधन, चार्जिङ समाधान र स्मार्ट मोबिलिटीका विविध पक्षहरू अवलोकन गर्न पाइनेछ ।
FACEBOOK COMMENTS