काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले आज बिहानका लागि सचिवालय बैठक बोलाएको छ ।
नयाँ सत्ता समिकरणमा सहभागी हुने वा नहुने, भएको खण्डमा कसरी, के कस्ता शर्त सहित सहभागी हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
मंगबालर साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरु नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई उनको निवास कोटेश्वरमा पुगेका थिए । भेटमा प्रचण्ड, ओलीले सरकारमा सहभागी हुन आग्रह गरका थिए ।
“उहाँहरुले मिलेर जान गर्नुभएको प्रस्तावलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । कसरी मिलेर जाने भन्ने सम्बन्धमा बुधबार बिहान बस्ने सचिवालय बैठकले निर्णय गर्नेछ ।” नेकपा एसका महासचिव घनश्याम भुसालले भने । मंगलबोको भेट भने सकारात्मक भएको एमालेका अध्यक्ष ओलीको भनाइ छ ।
FACEBOOK COMMENTS