काठमाडौं । नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि भिडन्तमा यूएईको सामना गरिरहेको छ ।
किर्तीपुरस्थति टियु मैदानमा भएको फाइनल खेलमा नेपालले टस जितेर पहिलो बलिङ रोजेको नेपालले नऔँ विकेटको सफलता मिलेको छ ।
युएईले २७ ओभर ३ बलमा १०६ रन बनाउँदा ९ विकेट गुमाएको हो ।
नेपालका लागि सोमपालले युएईका कप्तान मुहम्मद वासिमलाई ११ रनमा आउट गराएर पहिलो सफलता दिलाएका थिए । करण केसीले ४ ओभर ५ बलमा वृत्य अरविन्दलाई आउट गराएर दोस्रो सफलता दिलाएका थिए भन ८ ओभर १ बलमा आर्यन लाक्रालाई आउट गराएर तेस्रो सफलता दिलाएका थिए ।
यस्तै ललित राजवंशी ९ ओभर १ बलमा रमीज शहजादलाई आउट गराएर चौथो सफलता दिलाएका थिए भने सन्दीप लामिछानेले १३ ओभर १ बलमा रोहन मुस्तफालाई आउट गराएर पाँचौँ सफलता दिलाएका थिए ।
गुलसन झाले २२ ओभर ५ बलमा वासिल हमिदलाई आउट गराएर छौटौँ सफलता दिलाएका थिए भने सन्दीप लामिछानेले २५ ओभर ४ बलमा आयान अफजल खानलाई आउट गराएर सातौँ सफलता दिलाएका थिए ।
साथै ललित राजवंशीले २७ ओभर २ बलमा आसिफ खानलाई आउट गराएर आठौँ सफलता दिलाएका थिए भने २७ ओभर ३ बलमा जहुर खानलाई आउट गराएर अर्को सफलत दिलाएका थिए ।
यो सँगै युएईले २७ ओभरमा ९ विकेट १ सय ६ रन बनाएको अवस्थामा पानी परे पछि खेल रोकिएको हो ।
सोमबार पानि परेर दुई पटक खेल रोकिएको छ यसरी नै खेल रोकिएर खेल हुन नसकेको खण्डमा मंगलबार रिर्जभ डेको व्यवस्था गरिएको छ ।
तर, सोमबार र मंगलबार दुबै दिन वर्षाको कारण खेल हुन सकेन भने दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ । पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ ।
तर, वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आइसीसीको एकदिवसीय अन्तराष्ट्रिय९ओडिआई० वरीयतामा माथि हुने टोली एसिया कपमा पुग्नेछ ।
आइसीसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् । खेल रद्द हुँदा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा स्थान सुरक्षित गर्नेछ ।
एसिया कपमा स्थान बनाए नेपालले भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र प्रिमियर कप विजेता समूह ए मा तथा समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् ।
समूह चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली सुपर फोर खेल्नेछन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन् । एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ ।
एसीसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै युएई र नेपालले आगमी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएका छन् ।
आइतबार भएको तेस्रो स्थानको खेल बर्षाका कारण रद्द भएसँगै ओडिआई मान्यता प्राप्त राष्ट्रको आधारमा ओमान विजेता बन्यो । विजेता बनेसँगै ओमानले एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएको छ ।
FACEBOOK COMMENTS