काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि भियतनाम समक्ष आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारत भ्रमणमा रहेको चेम्बर पदाधिकारी टोलीले नेपाल भुटान र भारतका लागि भियतनामका राजदूत न्गुयेन थान हायसंग छुट्टै भेटवार्ता गरेको हो ।
हायसंगको भेटवार्ताका क्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले नेपाल भियतनामबीच व्यापार अभिवृद्धि, लगानी प्रवृद्धन, पर्यटन जस्ता क्षेत्रमा सहकार्य गर्नुपर्ने बताए । दुई मुलुकबीचको आर्थिक र कुटनीतिक सम्वन्धलाई प्रभावकारी र परिणाम मुखी बनाउनुपर्ने अध्यक्ष मल्लको भनाई छ । बौद्ध सर्किटको निर्माणका लागि आवश्यक पूर्वाधार बनाउन दुई देशको व्यापारिक समुहबीच सहकार्य गर्न समेत अध्यक्ष मल्लले हायसंग प्रस्ताव गरे ।
चेम्बर पदाधिकारीहरुसँगको भेटमा नेपाल, भुटान र भारतका लागि भियतनामका राजदूत हायले आफुले नेपालको भ्रमण छिट्टै गर्न लागेको सुनाए । नेपाल र भियतनामबीच व्यापारिक साझेदारी वृद्धिगर्न सहयोग गर्ने हायको भनाई छ ।
FACEBOOK COMMENTS