काठमाडौँ । टी–२० विश्वकप छनोट प्रतियोगितामा मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबिच खेल भइ रहेको छ । टीयू क्रिकेट मैदानमा जारी ‘समूह ए’ अन्तरगर्तको खेलमा मलेसियाविरुद्ध बलिङ गर्दै अभिनास बोहोराले १ लाख ३ हजार कमाएका हुन् ।
विश्वकप छनौट अन्तर्गतको खेलमा खेलाडीलाई प्रोत्साहन गर्ने नीतिसहित अर्ना बियरले प्रत्येक विकेटमा २५ हजार रुपैयाँ दिने उद्घोष गरेको छ भने मेडन ओभरको १० हजार रुपैयाँ दिने उद्घोष गरेको छ । यस्तै, प्रति डटबलमा समेत एक हजार रुपैयाँ दिने अर्नाको उद्घोष गरेको छ । साथै क्याच समातेको २५ हजार रुपैयाँ र रन आउट स्टम्प्डको २५ हजार रुपैयाँ दिने घोषणा छ ।
मलेसियाविरुद्धको खेलमा अभिनास बोहोरा ४ विकेट लिँदै सबैभन्दा धेरै विकेट लिने खेलाडीका रुपमा रहेका छन् । यस्तै, उनले ३ डटबल फालेका छन् ।
यसपछि २ क्याच आट गरेका कुसल भुरर्तेलले ५० हजार रुपैयाँ पाउने छन् । १ विकेट लिँदै ८ डट बल फालेका सन्दिप लामिछानेले ३३ हजार रुपैयाँ, १ विकेट लिँदै ६ डट बल फालेका गुल्सन झाले ३० हजार रुपैयाँ, १ विकेट लिँदै ४ डट फालेका रोहित पौडेलले २९ हजार रुपैयाँ पाउने छन् र विनाविकेट ५ डटबल फालेका करण के.सीले ५ हजार रुपैयाँ, विनाविकेट ४ डटबल फालेका कुशल मल्लले ४ हजार रुपैयाँ र विनाविकेट २ डटबल फालेका सोमपाल कामीले २ हजार रपैयाँ पाउनेछन् । साथै गुल्सन झा र आसिफ शेखले समान १२ हजार ५ सय रुपैयाँ पाउने छन् भने करण के.सी र आसिफ शेखले समान १२ हजार ५ सय रुपैयाँ पाउने छन् ।
बलर, स्टम्पर, क्याचर र थ्रोगर्ने सबैलाई गरेर अर्ना वियरले ३ लाख १३ हजार ५ सय रुपैयाँ दिनु पर्ने छ ।
विश्वकप छनौटको आफ्नो पहिलो खेलअन्तर्गत १६६ रनको विजयी लक्ष्य पाएको नेपालका ब्याट्सम्यानले समेत उल्लेख्य रकम पाउने भएका छन् । अर्नाले ब्याट्सम्यानलाई प्रतिरनमा १ हजार रुपैयाँ दिने घोषणा गरेको छ । यस्तै कम्पनीले प्रति चौका १० हजार र प्रति छक्का प्रहारमा २० हजार रुपैयाँ उद्घोष गरेको छ । साथै, प्रति चौका र छक्कामा बनेको रन ‘सिंगल रन’ मा समेत गणना हुने अर्नाको उद्घोष छ ।
FACEBOOK COMMENTS