काठमाडौँ । नेपाल ए क्रिकेट टिमले आसाम राज्यलाई २०९ रनको लक्ष्य दिएको छ ।
जारी सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै २०८ रन बनाएको हो । नेपाल ए का लागि सन्दीप जोराले सर्बाधिक ६४ रन बनाएका थिए
भने शुभ कंसाकारले ४२ रन बनाएका थिए । त्यस्तै इशान पाण्डेले ३२ रन बनाए भने मोहमद आदील आलमले ११ बलमा २५ रन बनाए भने अनिल शाहले ११ रन बनाएका थिए । ५ खेलको सिरिजमा दुवै टिमले २–२ खेल जितेकाले यो खेलको विजेताले सिरिज जित्ने छ ।
FACEBOOK COMMENTS