काठमाडौं । काठमाडौंबाट रुकुमको मुसिकोटस्थित सल्लेका लागि टिकट काटेका ८ जना यात्रुलाई नेपाल एयरलाइन्सले आइतबार साँझ नेपालगञ्ज ओराल्यो । त्यसको कारण बन्यो, पाइलटको फ्लाइट आवर सकिनू ।
यही घटनालाई लिएर नेपाल एयरलाइन्सको चर्को आलोचना भएको छ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले छानविन गर्न नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिएका छन् ।
जहाज पाइलट पेम्बा शेर्पाले उडाएका थिए । विमान कम्पनीका कारण गन्तव्यमा पुग्न नपाएका यात्रुको व्यवस्थापन सम्बन्धित कम्पनीले गर्नुपर्छ । यही नियमानुसार नेपाल एयरलाइन्सले उनीहरुलाई नेपालगञ्जमा होटेलमा राख्यो र सोमबार बिहान रुकुम पुर्याएको छ ।
FACEBOOK COMMENTS