भैरहवाबाट एक सय ५७ जनाको हवाई उद्दार 
              
                          
            
              
                  
                      
                          
                          	                              
                                                                  
                                                                
                                                              	कर्पोरट खबर                              
                                                      
                          
                               8:03 pm, सोमबार, असोज २०, २०८२  
                          
                       
                      
                   
               
              			              
			            			          
                            
                                        
              	      
            
      
रुपन्देही । अविरल वर्षाका कारण भैरहवामा अलपत्र यात्रुहरूको हवाई उद्धार उडान गरिएको छ ।
नेपाल वायुसेवा निगमको ए ३२० विमान ७६ जना यात्रुसहित दिउँसो ३ः४३ बजे भैरहवा अवतरण भएको थियो । भैरहवाबाट भने विमानले ५ः४० बजे एक सय ५७ जना यात्रु बोकेर काठमाडौँ फर्किएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए ।
उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुलाई प्राथमिकता दिइएको उनले बताए ।
              
              
              
              		              
		                            
              
                            
                          
                      		
          		          					
				 
				
FACEBOOK COMMENTS