काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तानमा जोखिमपूर्ण अवस्थामा रहेका नेपालीको उद्धार गर्न जाने भएको छ । आगामी भदौ ११ गते अफगानिस्तानको राजधानी काबुल जाने तयारी गरेको हो ।नेपालीको उद्धारका लागि चार्टर्ड उडानको प्रस्ताव आएपछि निगमले परराष्ट्र मन्त्रालयसँग उडानको अनुमति माग गरेको जनाईएको छ । दुबईको फ्रिको एफजेड कम्पनीले चार्टर बुकिङ गरेको हो ।परराष्ट्रबाट चार्टर उडानका लागि अनुमति पाए निगमको न्यारोवडी जहाजबाट काबुलमा रहेका करिब एक सय जना नेपालीको उद्धार हुनेछ । मन्त्रालयले सहसचिवको नेतृत्वमा युद्धग्रस्त अफगानिस्तानमा जोखिमपूर्ण रहेका नेपालीको उद्धारका लागि एक समिति गठन गरेको छ ।
FACEBOOK COMMENTS