काठमाडाैं । चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्रबिन्दु भएर मंगलबार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ।
नेपाली समय अनुसार ६ ५१ बजे बिहान सिगाजे शहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनसिपमा केन्द्रबिन्दु भएर ६।८ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पमा परी मंगलबार दिउँसो ३ बजेसम्म कुल ९५ जनाको मृत्यु भएको पुष्टि भएको हो भने अन्य १३० जना घाइते छन्। मौसम पूर्वानुमानका अनुसार आगामी तीन दिन डिङ्ग्रीको न्यूनतम तापक्रम माइनस १८ देखि माइनस १४ डिग्री सेल्सियससम्म रहने छ।
राष्ट्रपति सी जिनपिङले सबै प्रकारका उद्धारको प्रयास गर्न निर्देशन दिएका छन्। घाइतेहरूको उद्धार र उपचारका लागि सक्दो प्रयास गर्न, भूकम्प प्रभावित बासिन्दालाई उचित पुनर्स्थापना गर्न पनि आग्रह गरेका छन्। नेपालमा भने ११ जना घाइते भएका छन् । बारामा २ जना घाइते भएका छन् । बारामा ११ तथा काठमाडौं र काभ्रेमा एक–एकजना घाइते भएका हुन्। घाइते सबैको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ।
FACEBOOK COMMENTS