काठमाडौ । परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका विदेश सचिव विक्रम मिस्रीबीच द्विपक्षीय भेटवार्ता भएको छ । उहाँहरुबीच द्विपक्षीय ‘कनेक्टिभिटी’, व्यापार र विकास सहयोगलगायत विस्तृत मुद्दामा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि विदेश सचिव मिस्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । साथै विदेश सचिव मिस्रीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत शिष्टाचार भेटवार्ता गरे ।
नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका विदेश सचिव मिस्री सोमबार काठमाडौँबाट प्रस्थान गरे । विदेश सचिव मिस्री परराष्ट्र सचिव राईको निमन्त्रणमा नेपालको दुईदिने औचापरिक भ्रमणका क्रममा यहाँ आइपुगे ।
FACEBOOK COMMENTS