काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत आज लाओसविरुद्ध खेल्दैछ । न्यू लाओस नेशनल स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार साँझ ५:४५ बजेदेखि सुरू हुने छ ।
नेपाल एएफसी एसियन कप २०२७ छनोटको समूहम ‘एफ’ मा छ । यस समूहमा नेपालले गत मार्च ३१ मा मलेसियासँग खेलेको खेल २–० ले हारेको थियो । त्यस्तै, लाओस आफ्नो पहिलो खेलमा भियतनामसँग ५–० ले पराजित भएको थियो । यस समूहमा नेपालसहित मलेसिया, लाओस र भियतनाम छन् ।
लाओसविरुद्ध नेपाल अहिलेसम्म पराजित भने भएको छैन । अहिलेसम्म खेलेका ७ खेलमा नेपालले ५ खेल जितेको छ भने दुई खेल बराबरीमा सकिएको थियो । नेपाल लाओसविरुद्ध पछिल्लो पटक फिफा विश्वकप छनोटअन्तर्गत २०२३ को अक्टोबरमा खेलेको थियो ।
फिफा वरीयतामा नेपाल १७५औँ स्थानमा छ भने लाओस १९०औँ स्थानमा छ ।
FACEBOOK COMMENTS