काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज नेपालले स्कटल्याण्डको सामना गर्दै छ । यो खेल नेपालीसमय अनुसार साँझ ७:४५ बजेदेखि सुरू हुने छ ।
स्कटल्याण्डमा हुने यो सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई पराजित गरेर विजयी सुरूआत गरेको छ भने दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।
नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म केवल एक टी–२०२०१३ मा खेलिएको थियो, जुन स्कटल्याण्डले जितेको थियो ।
आईसीसीको टी–२० वरियतामा नेपाल १८औं स्थानमा छ भने नेदरल्याण्ड्स १३औं स्थानमा छ ।
२० जुनसम्म हुने त्रिकोणात्मक टी–२० सिरिजमा बुधबार स्कटल्याण्ड र नेदरल्याण्डस, बिहीबार नेपाल र नेदरल्याण्ड्स तथा शुक्रबार नेपाल र स्कटल्याण्ड खेल्ने तालिका छ ।
यस सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), अनिल साह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी, किरणकुमार ठगुन्ना, रूपेश सिंह र लोकेश बम छन् ।
FACEBOOK COMMENTS