काठमाडौं । मुलुकमा राजतन्त्र कि गणतन्त्र बन्ने वहस चर्किँदै गर्दा नेपाली सेनाले प्रष्टीकरणसहितको विज्ञप्ति जारी गरेको छ ।
विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा नेपाली सेना गणतन्त्रप्रति प्रतिबद्ध नभएको आशयका समाचार सामग्रीहरू आउन थालेपछि त्यसबारे प्रष्टीकरण दिँदै सेनाले विज्ञप्ति जारी गरेको हो ।
सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्न संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न सधैँ प्रतिबद्ध रहेको स्पष्ट पार्दै जारी गरेको विज्ञप्ति यसप्रकार छ–
FACEBOOK COMMENTS