काठमाडौं । नेपाल बंगलादेश बैंकको नाफा ८४.१७ प्रतिशतले बढेर २ अर्ब २९ करोड २५ लाख ९२ हजार रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २४ करोड ४८ लाख ४६ हजार रुपैयाँ रहेको थियो । असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २२८.४९ प्रतिशतले बढेर १ अर्ब ४७ करोड ५२ लाख ८३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ४४ करोड ९१ लाख १४ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको सञ्चालन मुनाफा ३ अर्ब २० करोड ८९ लाख २२ हजार रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्तापूँजी ९ अर्ब ४८ लाख २१ हजार रुपैयाँ रहेको छ भने जगेडामा ६ अर्ब ४६ करोड ३० लाख ९९ हजार रुपैयाँ रहेको छ । ८७ अर्ब १२ करोड ७८ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ६८ अर्ब ४८ करोड ४९ लाख ५९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आवको चौथो त्रैमासमा २.८९ प्रतिशत खराब कर्जा रहेको बैंकको गत आवको सोही अवधिमा १.५५ प्रतिशत रहेको छ । २५ रुपैयाँ ४६ पैसा प्रतिशेयर आम्दानी रहेको बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ६५ पैसा रहेको छ ।
FACEBOOK COMMENTS