काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
चालु आवको पुस मसान्तसम्म बैंकले ५९ करोड ५१ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड ६ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २०.४० प्रतिशतले बढेर ४ अर्ब ६३ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा बैंकको सञ्चालन नाफा ७६ करोड २५ लाख रुपैयाँ रहेको छ । चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ४४ करोड ५० लाख रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २५२ रुपैयाँ ५४ पैसा रहेको छ । बैंकको खराब कर्जा ४.५ प्रतिशत रहेको छ ।
FACEBOOK COMMENTS