काठमाडौं । मकवानपुर जिल्लाको थाहा नगरपालिका–३ मा भएको सडक दुर्घटनामा निधन भएका शिक्षक तथा नेपाल बैंक लिमिटेडका पालुङ शाखाका ग्राहक रघुनन्दन यादवको परिवारलाई नेपाल बैंकले दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ।
शिक्षक यादवको गत २०८२ साल जेठ १२ गते सडक दुर्घटनामा परी निधन भएपछि बैंकले बीमा दाबी बमोजिम पाँच लाख रुपैयाँको चेक मृतक यादवकी श्रीमती अमिरा कुमारी यादवलाई हस्तान्तरण गरेको हो। बैंकले आफ्ना कर्मचारी तलब खाता योजनाअन्तर्गत खाता खोलेको एक वर्षभित्र ग्राहकको दुर्घटनामा मृत्यु भएमा पाँच लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराउँदै आएको छ।
नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले एक कार्यक्रमका बीच श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे र बीमा रकमको चेक हस्तान्तरण गरे। कार्यक्रममा स्व. यादवकी श्रीमती अमिरा कुमारी यादवले दुखको बेला कुनै झन्झटबिना बैंकबाट प्राप्त आर्थिक सहयोगले परिवारलाई ठूलो राहत मिलेको बताएकी छन्।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेयले आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षालाई सधैं प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि उत्कृष्ट सेवा र सुरक्षा सुविधालाई अझ सुदृढ गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे।
FACEBOOK COMMENTS